आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहानगर कमिटीले आफ्नो चुनावी तयारीलाई तीव्र पारेको छ । १७ माघमा थाहा नगरस्थित जेसिस हलमा सम्पन्न नगरस्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।

भेलाले निर्वाचनका विभिन्न पक्षलाई चुस्त बनाउन निम्न बमोजिमका जिम्मेवारी बाँडफाँड गरेको छ । निर्वाचन परिचालन कमिटी निर्माण गरेर त्यसको संयोजकमा बलराम बल, सह–संयोजकहरूमा चित्र बहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन भएका छन् ।

त्यसैगरी स्वयंसेवक परिचालनको जिम्मेवारी सुमन रायमाझीलाई प्रदान गरेको छ भने प्रचार कमिटीको जिम्मेवारी सुजन रायमाझीलाई तोकेको छ । आर्थिक व्यवस्थापनमा बिमल ढकाल संयोजक, अनुगमन कमिटीमा बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय कमिटी निर्माण गरेको छ ।

यसका साथै थाहा नगरका १२ वटै वडाहरूमा निर्वाचन परिचालन कमिटीका संयोजक र सह–संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी