राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकर चुनावी अभियान अन्तर्गत १८ माघमा थाहानगर पुगेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार थोकर दैनिक जनताको घरआँगनमा पुगेर चुनावी कार्यक्रम गरिरहेको उनको सचिवालयले जनाएको छ । मतदाताको विश्वास जित्न र आफू पनि मतदातालाई विश्वास दिलाउन चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन्।
चुनावी अभियान अन्तर्गत राप्रपाका उम्मेदवार थोकर आज मकवानपुरगढी गाउँपालिका–५ स्थित सामरीमा स्वर्गीय अर्जुन अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए। सामरीमा स्वर्गीय अधिकारीप्रति शोक व्यक्त गर्दै थोकर चुनावी अभियान अन्तर्गत थाहानगर पुगेका हुन् ।
थाहा नगरपालिकाको पालुङ दोबाटो, मोरिया चौतारा, लामिचौर लगायतका क्षेत्रमा जनताको घरदैलो कार्यक्रममा सहभागी भएका हुन्। थोकर जनताको घरदैलोमा मत माग्दै गर्दा मतदातामा खुशी छाएको उनले बताए। राजसंस्थाले मात्र जनताको रक्षा गर्न सक्ने भन्दै मतदाताले थोकरलाई मत दिने विश्वास दिलाएका थिए।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्