जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धहरु हटाएको छ । २३ फागुनमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीद्वारा विभिन्न मितिमा जारी गरिएको प्रतिबन्धात्मक आदेशहरु २३ फागुनबाटै हटाउने निर्णय भएको हो । कोरोना संक्रमण फैलिन नदिनको लागि सामाजिक, संस्कृतिक, व्यवसायिक, औद्योगिक लगायत क्षेत्रमा गतिविधि संचालन गर्दा जनस्वास्थ्य मापदण्डहरु अवलम्बन गर्न प्रशासनले आग्रह गरेको छ ।

May be an image of text

 

पालिका प्रेस
थप जानकारी