नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई बिदा हुने भएको छ । तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै बिदा हुनेछ । यस पटक दसैँको बिदा ७ दिन परेको छ ।

असोज १० गते घटस्थापनाका दिन बिदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई बिदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन बिदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार बिदा छ । ५ वटा बिदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।

यीबाहेक प्रत्येक शनिबार बिदा हुनेछ । वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बै‌ंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । शुक्रबार साढे १२ बजेसम्म बैंकिङ कारोबार हुनेछ ।

वि.सं. २०७९ मा बैंक कर्मचारीका लागि बिदाको सूची :

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी