निर्वाचन आयोगले ३० वैशाखमा गते हुने स्थानीय तहको चुनावमा सहयोगको लागि सबै तहका सरकार र निकायसँग सोझै सम्पर्क गर्नसक्ने भन्दै तयार रहन निर्देशन जारी गरेको छ ।

बुधबार आयोगको निर्देशनबारे सबै स्थानीय तह, विभाग, आयोग, आयोजना, प्रतिष्ठान र समितिलाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले निर्वाचनको लागि आवश्यक पर्दा सोझै सहयोग लिन सक्ने निर्देशनबारे जानकारी गराएको हो ।

आयोगका उपसचिव कमल ज्ञावली जारी गरेको निर्देशन अनुसार आयोगले मागेको कर्मचारी सम्बन्धित कार्यालयले नपठाए निर्वाचन ऐन २०७३ को दफा ४४ बमोजिम कारबाही समेत हुने जनाएको छ । यस्तै आयोगले खटाएको

कर्मचारीहरुले निर्देशन विपरित जानजानी वा बदनियत पूर्वक कुनै काम गरेका कारबाही हुने बताएको छ ।

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी