मकवानपुरमा ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ सय ६५ मतदान स्थल तोकिएको छ । निर्वाचनका लागि सबैभन्दा बढि हेटौंडा उपमहानगरमा २८ र सबैभन्दा कम इन्द्रसरोवर र मनहरी गाउँपालिकामा ११/११ वटा मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

थाहा नगरपालिकामा २१ मतदानस्थलमा १ अन्य, १६ हजार ६ सय ९९ पुरुष र १५ हजार ६ सय ७ जना महिला मतदाता रहेका छन् ।

मकवानपुरमा १ लाख ४९ हजार ९१४ पुरुष, १ लाख ४१ हजार ९५९ महिला तथा ६ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले १३ चैतमा सूचना प्रकशान गरी जानकारी दिएको छ । मकवानपुरमा कुल मतदाता २ लाख ९४ हजार ९१९ मतदाता रहेका छन् ।

कुन पालिकामा कति ?

दिनेश दर्पण
थप जानकारी