स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच साझा उमेद्वार बनाउने विषयमा थाहा नगरपालिकामा पहिलो बैठक भएको छ । १९ चैतमा नेपाली काँग्रेस थाहानगरको कार्यालयमा बैठक भएको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले विरुद्ध सत्ता गठबन्धनका दलहरु चुनावी तालमेलसहित अघि बढ्ने केन्द्रको निर्णय अनुसार थाहानगरमा पनि दलहरुबीच बैठक भएको हो । बैठकमा संघीय सरकारमा रहेका पार्टीहरुबीच चुनावीका लागि साझा उमेद्वार बनाई थाहानगरमा अघि बढ्ने निर्णय भएको बैठकमा सहभागी नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीले जानकारी दिए । ‘आजको बैठकमा केन्द्रको परिपत्र अनुसार चुनावी गठबन्धन गर्ने निर्णय भएको छ, पदको विषयमा अर्को बैठकमा छलफल हुन्छ’–सभापति जोशीले भने ।
थाहानगर गठबन्धनको अर्को बैठक २१ चैत विहान ७ बजे नेकपा माओवादी केन्द्रको कार्यालयमा बस्ने गरी १९ कात्तिकको बैठक समिएको हो । १९ चैतमा भएको बैठकमा नेपाली काँगेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । बैठक थाहानगर काँग्रेस सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्