नेकपा एमालेले आगामी स्थानीय निर्वाचन लक्षित गर्दै नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालको संयोजकत्वमा ७०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

नगर कमिटीको पूर्ण बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट प्रतिवद्वता पत्र लेखन कमिटी, उम्मेदवार छनौट सहजकर्ता कमिटी  १९ चैतमा गठन गरेको हाे ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र इन्चार्ज सुवाश चन्द्र ठकुरीले प्रशिक्षण दिदै विगतमा एमालेले गरेका कामका आधारमा जनताले उचित मूल्यांकन गर्दै एमालेलाई पहिको पार्टी बनाउने आशा व्यक्त गरे । कार्यक्रममा प्रदेश सदस्यहरु बलराम बल, बुद्वरत्न मानन्धर, बरिना बल प्रदेश, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद ढकाललगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणसंगै प्रत्येक वडाहरुबाट सर्वसम्मत उम्मेदवार छनौट गरि चैत्र २४ गतेसम्म नगर कमिटीमा नाम बुझाउन निर्देशन दिएको छ ।

पालिका प्रेस
थप जानकारी