आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगर कमिटी यतिबेला उम्मेदवार छनौटमा जुटेको छ ।

हिजो चैत्र २३ गते वडा नं. १ देखि ६ सम्म र आज चैत्र २४ गते वडा नं. ७ देखि १२ सम्मका उम्मेदवारहरु टुङ्गो लगाउने समय सीमा दिइए अनुसार नेताहरु उम्मेदवार छनौटमा जुटेका छन् ।

एमाले थाहा नगरले वडा नम्बर १, ३, ५, ७, ८ र ११ मा सर्वसम्मत रुपमा अध्यक्ष पदका उम्मेदवारहरु टुङ्गो लगाएका छन् ।

एमालेले वडा नं. १ मा प्रदिप प्रधान, ३ मा सुजन कुमार रायमाझी, ५ मा बिष्णु बहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ र ११ मा धनबहादुर गोलेलाई सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ ।

वडा नम्बर २, ४, ६, ९ र १२ मा अझै सहमतिको प्रयास भैरहेको छ । वडा नम्बर १० मा भने वर्तमान अध्यक्ष हिराबहादुर गमाल र हरि गोपालीमध्ये एकमा सर्वसम्मति हुन नसकेपछि निर्णयका लागि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ ।

पालिका प्रेस
थप जानकारी