आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाबलाई लक्षित गर्दै मकवानपुर जिल्लामा राजनीतिक गतिबिधि निकै बढेको छ ।
जिल्लाका दश वटै स्थानीय तहमा चुनाब लक्षित राजनीतिक दलका कार्यक्रम पनि भइरहेका छन् । जिल्लाका स्थानीय तहमा नेकपा एमाले, नेपाली काग्रेश, नेकपा माओबादी, एकिकृत समाजबादी लगायतका दलहरुले चुनाबी गतिबीधी बढाएका छन् ।
आफ्ना संभाबिवत उमेदवार लिएर चुनाबी सभा, गोष्ठिमा व्यस्त रहेका छन् । स्थानीय तहको चुनाबमा पहलिेका पुराना र अनुभवी नेताहरुसंगै युवा उमेदवारहरु पनि लागिपरेका छन् । मकवानपुरको दश वटै स्थानीय तहका एक सय २ वटा वडाहरुबाट उमेदवार सिफारिस गर्दा युवाहरुको सिफारिस पनि उत्तिकै भएर आएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
एमालेबाट पहिले वडा अध्यक्ष भइसकेका धेरै वहालवाला अध्यक्षहरु फेरी पनि उमेदवार बन्नका लागि वडा तहबाट सिफारिस भएका आएका छन् । सबै पार्टी भित्रका राजनीतिक गतिबिधीहरुमा युवाहरु सक्रिय भएर लागेका छन् । चुनाबी सभा, सम्मेलन, गोष्ठीमा युवाहरु आफ्ना पार्टीका उमेदवारहरुलाई जिताउन लागेका हुन् । स्थानीय तहमा उमेदवार बन्नका लागि युवाहरुको पार्टी भित्र पनि निकै लभिङ हुने गरेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्