मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । २७ चैत सांझ हावाहुरीसंगै परेको चट्याङबाट घाइते भएकी राक्सिराङ गाउँपालिका वडा नम्बर १ सानोभावर, गडुवान निवासी ४२ बर्षीय सुकुमाया मोक्तानको मृत्यु भएको हो ।
चट्याङबाट गम्भिर घाइते भएकी मोक्तानको उपचारको क्रममा चिकित्सकले गएराती मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
राक्सिराङ–१ का वडा अध्यक्ष कान्छाराम रुम्बाका अनुसार घरमै बसिरहेकी फुलमाया र उनका श्रीमानलाई चट्याङ लागेर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएकी फुलमायालाई आफन्तले उपचारका लागि हेटौंडास्थित चुरेहिल हस्पिटल ल्याइएको थियो । फुलमायाकी श्रीमान सामान्य घाइते भएका छन् ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्