मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रि विभूति पार्क (मूलबारी चौर) मा मेला लागेको छ । मुलाबारी नजिकै रहेको मनकामना मन्दिरमा मेला लागेसंगै पार्कमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको घुइचो लागेको थियो ।
पूर्वाधार विकास समेत हुँदै गरेको पार्क क्षेत्रमा नयाँ वर्षको अवसरमा घुमफिरका लागि थाहानगर तथा छिमेकी पालिका र धादिङ जिल्लाका समेत आन्तरिक तथा बाह्यि पर्यटकहरुको उपस्थिती रहेको थियो ।
यसैबीच मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको वागेश्वरी मन्दिरमा नयाँवर्षे मेला लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते मेला लाग्ने वागेश्वरीमा स्थानीयहरु दर्शन तथा पुजार आरधानाको लागि पुग्ने गर्दछन् ।

पहिलेदेखि नै पुजाआजा गरिने मन्दिरमा अहिले वैशाख १ गते मेला नै लाग्ने मन्दिरका पुजारी राम बहादुर विष्टले जानकारी दिए । मेलाको अवसरमा १ वैशाखमा थाहानगरका शिखरकोट, डाँडागाउँ, घर्तिखोला, आग्रा तथा कैलाशगाउँपालिका क्षेत्रका मानिसहरु समेत वागेश्वरी पुगेका थिए । पुजारी विष्ट भन्छन्–‘प्रचारप्रसारको अभावमा मन्दिर आउने भक्तजनहरुको संख्या कमी छ, प्रचारप्रसारमा नगरपालिकाले सहयोग गरिदिन प¥र्यो ।’
त्यस्तै थाहानगरको दामन, चित्लाङ, थाहा पार्कलगायतको क्षेत्रमा पनि १ वैशाखमा पर्यटकहरुको उपस्थिती रहेको थियो । पछिल्लो समय आन्तरिक पर्यटनका लागि घुमफिर गर्ने प्रचलन बढ्दै गएको छ ।





















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्