दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ ।
छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाई व्यवस्थापन कार्य सुरु गरेको छ ।
छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका–६ मा सञ्चालित गोलेदेउला भवानी गौशालासँग बिहीबार नगरपालिकाले सम्झौता गरेको थियो ।
छाडा गाईको पालनपोषणका लागि नगरपालिकाले गौशालालाई दुई लाख रुपैयाँ सहयोग दिने सम्झौता भएको नगर प्रमुखका निजी सचिव नरेश खड्काले जानकारी दिए ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्