सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आज सो आदेश दिएको हो ।

निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको हुँदा गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हालेका थिए ।

आफ्नो रिटमा उनी स्वयम्ले बहस समेत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी