शहरी विकास तथा भवन डिभिजन कार्यालय मकवानपुरले बिना प्रतिस्पर्धाको निर्माणको काममा ७९ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।
हेटौंडाको गौरीटारमा आइसोलेसन भवन निर्माण गर्दा उपभोक्ता समितिलाई भवन डिभिजन कार्यालय मकवानपुरले ७९ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेपनि फेरी उपभोक्ता समितिले सोझै एक निर्माण कम्पनिलाई ठेक्का दिएर ८८ लाख २६ हजार रुपैयाँ भुक्तानी दिएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । महालेखाले हालसालै सार्बजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७–०७८ मा बिना प्रतिस्पर्धा काम गराइएकोमा प्रश्न गरिएको हो ।
यसैगरी भवन डिभिजन कार्यालय मकवानपुरले दरवन्दी वेगर कर्मचारी भर्ना गरेर त्यसै रकम खर्च गरेकोमा महालेखाले प्रश्न उठाएको छ । स्वीकेत दरवन्दी भन्दा बडी कर्मचारी राख्न नपाउने व्यावस्था भएपनि भवन डिभिजनले दुइ जना कर्मचारीलाई अन्यत्र जिल्लामा काम गर्नेगरी करारमा भर्ना गरेर काम गराएकोमा प्रश्न उठाएको हो । आवस्यकनै नभएका कर्मचारी भर्ना गरेर १० लाख ५ हजार रुपैयाँ खर्च लेखेकोमा यस्ता खर्च नियन्त्रण गर्नका लागि महालेखाको सुझाब छ ।
यस विषयमा महालेखाको प्रतिवेदन यस्तो छ ।

















































पालिका प्रेस 




