मकवानपुर–२ मा नेकपा माओवादी केन्द्रको तर्फबाट रामनारायण बिडारी चुनावी मोर्चामा आउने भएका छन् । थाहा आन्दाेलनकाे एउटा अभियान्ताकाे रुपमा आफु रहेका कारण आफुले मकवानपुर -२ बाट चुनावी मैदानमा उत्रने बताएका हुन् ।
थाहाआन्दोलनका अभियान्ताका रुपमा परिचित बिडारी ०४८ साल देखी संसदीय राजनीतिमा सकृय हुँदै आएका छन् । तर, ०४८ मा उनी सफल भने हुन सकेनन् । उक्त निर्वाचनमा बिडारीले दोस्रो स्थान हासलि गरेका थिए । मकवानपुर थाहा आन्दोलनको उद्गम सथल भएका कारण पनि आफुलाई मकवानपुर –२ मा चुनावी मैदानमा उत्रनु पर्ने बिडारीको भनाइ छ ।
रुपचन्द्र बिष्टको थाहालाई आफुले एउटा दर्शनका रुपमा लिएर थाहा अभियानमा लामबद्ध भएका कारण पनि मकवानपुरले आफुलाई चाहेको र यो निर्वाचनमा त्यही निर्वाचन क्षेत्रमा आफ्नो उमेदवारी रहने उनले बताए । यता बिडारीले दावी गरी रहेको मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतीवडाको पनि दावी रहीरहेका छन् । यही कारण गठबन्धनमा यहाँ टिकट कसलाई दिने भन्ने अन्योल भएको छ ।
०७४ मा मा ओवादीको तर्फबाट संविधानसभा सदस्यमा समानुपातिक संसद भएका बिडारी संसदमा जनताका पक्षमा आवाज उठाउने निडर नेताका रुपमा परिचत रहेका छन् । राष्ट्रिय सभाका सदस्य रहेका बिडारी माओवादी शान्ति प्रकृयामा आए पछि माओवादी केन्द्रमा कृयशिल रहेका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्