संघीयता कार्यान्वयनसंगै नेकपा माओवादी माओवादीको एजेन्डामै आधारित भएर संचालन भैरहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामनारायण विडारीले बताएका छन् । ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनलाई इङ्कित गर्दै उनले आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई देशको पहिलो कम्युनिस्ट पार्टी बनाउने दावी गरे ।

नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रिय सदस्य विडारीले यस्तो बताएका हुन् । उनले देश विकास गर्ने जिम्मा जनताले माओवादीलाई दिने पक्का भएको घोषणा सुनाए । व्यवस्था परिवर्तनको काम केही हदसम्म सकिएको बताउँदै माओवादीको आगामी योजना आम जनताको अवस्था परिवर्तनमा लाग्ने नै रहेको जिकिर गरे ।

नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष बिर्जु पदम लामाको सभाध्यक्षताामा भएको विस्तारित बैठकमा माओवादी केन्द्रका विशेष प्रदेश उपाध्यक्ष प्रकाश पाण्डे, प्रदेश सदस्य तथा इन्द्रसरोवर इन्चार्ज ईन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य धुर्वराज ढकाललगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो। बैठकले १२ भाद्रमा सम्पुर्ण वडामा बैठक बस्ने निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी