नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघ थाहानगर कमिटीले नगर क्षेत्रका महिलाहरुलाई लक्षित गरी तिज मिलन तथा दर खुवाउने कार्यक्रम गरेको छ । संघको आयोजनामा भएको कार्यक्रम एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।
थाहा नगरपालिका वडा नम्बर ४ को निर्माणाधीन थाहा बसपार्कमा भएको कार्यक्रम अखिल नेपाल महिला संघकी अध्यक्ष सुमित्रा केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य वरिना बल, थाहा ४ का एमाले अध्यक्ष रामराजा केसी, नेताहरु सुरेन्द्रमान प्रधान, बुद्धरत्न मानन्धर, बिष्णु बहादुर गुरुङलगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा थाहानगरका सयौै महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले नाचगानसहित कार्यक्रम गरेका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्