थाहा नगरपालिका वडा नम्बर १२ का स्थानीय दुई जनाको खेती योग्य जमिन बगाएको छ । १९, २० असोजमा परेको निरन्तर पानीका कारण बाढीपहिरोले जमिन बगाएको हो ।
ढिलो गरी प्राप्त जानकारी अनुसार लगातारको वर्षाले स्थानीय सानोकान्छा थिङको ६ रोपनी र सुकमान स्याङ्तानको ४ रोपनी जग्गा बगाएको वडाध्यक्ष टिकाराम स्याङ्तानले जानकारी दिए । खेतीयोग्य जमिन बगाएपछि उनीहरुलाई संकट परेको छ । पानिले स्थानीयले लगाएका सबै प्रकारका बालीमा क्षति पु¥याएको छ । वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गरिरहेको वडाध्यक्ष स्याङ्तानले बताए । क्षति पुगेका किसानहरुलाई वडा समितिको बैठक बसी राहत दिने तयारी रहेको समेत उनले बताए ।
वर्षाले स्थानीयहरुको निजी निवासका साथै नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्