जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बित्दा काम नगरी वडासदस्यले नगर्न दिएको आरोप लगाउने गरेको, महिनामा अनिवार्य हुने तीनवटा बैठक बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतको आरोप वडासदस्यहरुको छ ।
पटक पटक यस विषयमा वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेपछि चारजनै वडासदस्यले बाध्य भएर तालाबन्दी गरेको वडासदस्य रमेश साहले बताए ।वडामा महिनामा हुने तीनवटा बैठक समयमा हुनु पर्ने, वडाको बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कासलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाईमा प्रयोग भएको ट्याक्टर र खर्च पारदर्शी हुनुपर्ने, वडा भित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्ने लगायतको आफूहरुको माग रहेको वडासदस्य जीवछ दासले बताए ।
माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने उनीहरुको भनाइ छ । यस वडामा वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित छन् भने वडासदस्यहरु कांग्रेसबाट निर्वाचित छन् ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्