थाहा दिवसका अवसरमा थाहानगरका पत्रकार शम्भु अधिकारी थाहा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

फरकसोचले थाहा दिवसका अवसमा प्रदान गर्ने थाहा पत्रकारिता पुरस्कार २०७९ थाहापाटीका कार्यकारी सम्पादक अधिकारीलाई प्रदान गरेको हो । अधिकारीले थाहा नगरमा रहेर पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा सहयोग गरेकाले थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजक फरक सोचले जनाएको छ ।

प्रत्येक वर्ष २६ पौषमा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्म जयन्तीको अवसर पारेर फरक सोचले थाहा पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित ताम्रपत्रबाट सम्मानित गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी