

पोखरा महानगरपालिकाले पूर्वनिर्धारित मेला-महोत्सव लगायतका कार्यक्रम स्थगित गरेको छ । जहाज दुर्घटनाको शोकमा महानगरपालिकाले मेला-महोत्सव लगायतका निर्धारित कार्यक्रम स्थगित गरेको महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै महानगरका मेयरका धनराज आचार्यले मेला-महोत्सव लगायतका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको बताए । उनले दुर्घटना स्थलको समेत अवलोकन गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बीचमा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्