मकवानपुरको थाहा नगरपालिकामा ११३ औं नारी दिवस भव्यताकोसाथ मनायएको छ । अन्तराष्ट्रिय नारी दिवस मूल समारोह समिति अन्तर्गत लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था र चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

थाहानगरको पालुङ जेसीजको सभाहलमा भएको कार्यक्रमको सहयोग थाहा नगरपालिकाले गरेको थियो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमाुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय महिला सहकारी, संघसंस्थालगायतका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गता भएकाहरुलाई कदरपत्र सहित मायाँको चीनाबाट सम्मान गरिएको थियो ।

हेर्नुहोस् फोटोहरुः

पालिका प्रेस
थप जानकारी