मकवानपुर थाहा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्रीसहित छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाको महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाले २५ जेठमा एक कार्यक्रमको आयोजना गरी १३ वटा विद्यालयमा अध्यनरत ४५ बालबालिकालाई शैक्षिक सामाग्रीसहित तथा छात्रवृत्ति प्रदान गरेको हो ।
शिखरकोटस्थित विकास घरमा आयोजित एक समारोहबीच झोला र कापी, कलम, ज्यामिती बक्स सामाग्रीसहित नगद ३ हजार रुपैयाँ वितरण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।
थाहा नगरपालिका सामाजिक विकास समिती सदस्य जनक बिकको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहानगर रोजगार संयोजक कुमार नेगी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, दामन चेली समाजकी अध्यक्ष राधिका रायमाझीलगायत सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्