मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर १ को झम्केश्वरी माध्यमिक विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रति विद्यार्थी ४ सय रुपियाँका दरले अनुदान प्राप्त रकमबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले जानकारी दिए ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधव विक्रम मल्लको विशेष आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक रुपमा विपन्न वर्गका छात्राहरुका लागि न्यून रकम भएता पनि छात्रवृत्तिले पाठ्य सामाग्री खरिदका लागि टेवा पुग्ने नगर उपप्रमुख भरत गोपालीले बताए । थाहानगरमा जेहेन्दार विद्यार्थीहरुलाई पालुङ जेसीज मार्फत आफूले वार्षिक रुपमा विभिन्न विद्यालयहरुमा निरन्तर भरत–रत्न छात्रवृत्ति वितरण गदै आइरहेको र यसको निरन्तरता दिइ रहने उप्रप्रमुख गोपालीको भनाइ थियो ।

कार्यक्रममा थाहा नगरपालिका वडा नंम्बर १ निवासी हाल बागबजार काठमाडौंमा श्रेष्ठ वेयरका सञ्चालक नरेन्द्र श्रेष्ठले १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी, स्कुल ब्यागलगायत विद्याथीहरुले विद्यालयलाई बुझाउनु पर्ने वार्षिक शुल्क भूक्तानीसहितको छात्रवृत्ति प्रदान गरेका छन् भने थाहा नगरपालिका वडा नं. १ निवासी सुरेन्द्र गोपालीले ५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका थिए । छात्रवृत्ति कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधान, विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठ, सहायक प्रधानाध्यापक प्रविण विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । झम्केश्वरी स्काउटद्वारा स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रोचक बनाइएको थियो । यस अघि सोही विद्यालयमा वीङ्ग युथ सामाजिक संस्थाद्वारा २० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थीहरुले छात्रवृत्ति तथा सहयोग पाएपछि खुशी व्यक्त गरेका थिए ।

विद्यालयमा आयोजित छात्रवृत्ति कार्यक्रम पश्चात विद्यालयले शैक्षिक गुणस्तरका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

पालिका प्रेस
थप जानकारी