मकवानपुरको थाहा नगरपालिकाले उच्च शिक्षा अध्यनरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । पालिकाको सामाजिक विकास शाखा अन्तर्गत उक्त छात्रवृत्तिसंगै विपन्न दलित जिविकोपार्जन सहायता समेत १४ असारमा एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो ।

सामाजिक विकास समिती थाहा नगरपालिकाका संयोजक दिनेश बलको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा नगर भित्रका दश जोड दु्ई र स्नातक अध्ययन गर्ने ४६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकोे सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । ‘प्रत्येक वडाबाट एक जनाको दरले १२ जना विपन्न दलितलाई जीविकोपार्जन सहायता समेत वितरण गरिएको छ’– लामिछानेले भने ।

 

दश जोड दुई अध्यनरत विद्यार्थीलाई ७ हजारका दरले र स्नातक अध्यनरत विद्यार्थीलाई १२ हजारका दरले नगद छात्रवृत्ति प्रदान गरिएको हो हो । विपन्न दलितलाई १० हजारको दरले सहायता वितरण गरिएको लामिछानेले बताए । कार्यक्रममा थाहा नगरपालिकाका दलित महिला सदस्यहरु, कार्यपालिका सदस्य तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु तथा विपन्न दलित सहायता पाउनेहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी