मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ को वडास्तरीय बालक्लब सञ्जाल गठन भएको छ । भेलाले सीता गोपालीको अध्यक्षतामा १५ सदस्यीय वडा बाल संजाल समित गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रकृति गोपाली, सचिव धनलक्ष्मी बलामी, सहसचिव अनिशा तामाङ, कोषाध्यक्ष सुमी बलामी, सदस्यहरु अंकिता गोपाली, सुहाना गोपाली, अनिशा गोपाली, यमुना श्रेष्ठ, स्वर्णिमा प्रधान, कृतिका लामिछाने, संकल्प श्रेष्ठ, दिपा प्रधान, रोनिक बलामी र मिलन तामाङ रहेका छन् ।

थाहा नगरपालिकाको आयोजनामा बालमैत्री थाहा नगरपालिका घोषण अभियान अन्तर्गत १६ असारमा कार्यक्रम भएको हो । सुनौलो विकास केन्द्र कुन्छालमा भएको भेलामा बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष एवं वडाध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा जीवन्त शिक्षाका अध्यक्ष राम कुमार विडारी (राजन), सुनौलो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, बालमैत्री सहजकर्ता रेनु गोपाली लगायतको सहभागिता रहेको थियो । भेलामा वडाका बिहानी बालक्लव, सुनौलो बालक्लव, कुलगाउँ बालक्लव, झम्केश्वरी बालक्लव र लिटिल स्टार बालक्लवका गरी ६५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुले बाल क्लव तथा संजाल गठनको उद्देश्य, महत्व तथा आवश्यकता बारे बालवालिकाहरुमाझ प्रशिक्षणात्मक धारणा राखेका थिए ।

पालिका प्रेस
थप जानकारी