थाहा नगरपालिका वडा नम्बर १ को सहयोग तथा सुनौलो सामुदायिक सिकाइ केन्द्रको सहकार्य र वडास्तरीय बाल संजालको आयोजनामा बाल चित्रकला प्रयिोगिता भएको छ । योग ध्यान कार्यक्रमसहित सुनौलो विकास केन्द्रको सभाहलमा भएको प्रतियोगितामा ७० जनाको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा भने ४० बालबालिकाको सहभागिता थियो ।
चित्रकला प्रतियोगितामा सुदिक्षा गोपालीले प्रथम, सुनिशा गोपालीले द्वितीय, करिना तामाङले तृतीय र अरस्तोगी गोपालीले सान्त्वना भएका छन् । थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य अनिता बल, सुनौलो सामुदायिक सिकाइ केन्द्रका अघ्यक्ष रुपचन्द्र गोपाली, जीवन्त शिक्षाका अध्यक्ष तथा योग गुरु राजन बिडारी, सिकाइ केन्द्र समुदाय परिचालक रेनु गोपाली लगायतको आतिथ्यता रहेको थियो ।
बाल सञ्जालकी अध्यक्ष सीता गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा योग, ध्यान अभ्यास साथै जीवन्त शिक्षा बारे जीवन्त शिक्षाका अध्यक्ष तथा योग गुरु राजन बिडारीले योग संगसंगै ध्यान तथा जीवन्त शिक्षाको महत्वबारे प्रशिक्षण दिएका थिए । प्रमुख अतिथि तथा वडा अध्यक्ष हेरमान गोपालीले सुनौलो बिकास केन्द्रले संचालन सुरुवात गरेको योग ध्यान साधनाको प्रभाव नगरस्तरमा रहेको बताए । उनले थाहानगरले योग ध्यान कार्यक्रमलाई थाहा नगरका सबै विधायालयहरुमा हरेक शुक्रबार संचालन गर्ने नीति तथा कार्यक्रम समेत पारित गरी कार्यान्वयनको चरणमा रहेको जानकारी गराए । कार्यक्रमको समापन बाल क्लब संजाल अध्यक्ष सीता गोपालीले गरिन् ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्