मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षाभत्ता वितरण गाउँमा पुगेर हस्तान्तरण सुरु गरिएको छ । भीमफेदीको महादेवटार बाट गाउँपालिकाको अध्यक्ष हिदम लामा, वडाअध्यक्ष बिस्णुबहादुर लामा, वडासचिव कृष्ण बस्नेत लगायत प्रभु बैंकको प्रतिनिधिहरु पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।

अबदेखि गाउँको जेष्ठनागरिक अपाड्डलगायत सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीलाई हेटौंडा, भीमफेदी, काठमाडौ जाने झन्झटको अन्त्य भएको छ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले ६८ बर्ष पूरा भएका बृद्ध, अपाड्ड, एकल महिला र दलितको लागि अब सकिनसकी भत्ता लिन भनेर हेटौंडा, भीमफेदी, काठमाडौ जाने कामको अन्त्य गरिएको बताए । उनले आफू यसै ठाउँमा हुर्केको र यस ठाउँको भौगोलिक अवस्थाको बारेमा जानकार भएकोले भत्ता वितरण गाउँमै ल्याएको बताए । उनले गएको वर्षदेखि नै भत्ता वितरणको काम गाउँबाट गर्न खोजिएको तर, प्राविधिक समस्याले नसकेको बताउदै अब सबै कुरा पूरा गरेर गाउँमै आएको बताए । अध्यक्ष लामाले भत्ता लिन आउँदा चेकबुक र नगरिताको फोटोकपी अनिवार्य लिएर आउन पनि अनुरोध गरे ।

यस आर्थिक वर्षदेखि अब भीमफेदी गाउँपालिका वडा नम्बर ८ को लागि महादेवटारबाट र वडा कार्यालय ईपापन्चकन्याबाट वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसैअनुरुप साउन १७ गते साविक ईपाको वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडाअध्यक्ष लामाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी