मकवानपुर थाहानगरमा जारी चौथो थाहा महोत्सवमा २४ मंसिरमा ज्योति मगर आउने भएकी छिन् । मोडल तथा लोक गितबाट चर्चा बटुलेकी गायिक मगर आउने न आउने धेरै दर्शकको चासो पश्चात् उनी २४ मंसिरमै आउने पक्का भएको हो ।

उनमा पिरतीमा दम छ, उही मुलाको सिन्की, पोथी बन्न खोज्छ हजुर, मायामा धोका दिने केटालाई गोली ठोक्नुपर्ने लगायतका दर्जनौ गितहरु हिट छन् । गायिक मगर आउने भएपछि उनका फ्यानहरु खुशी भएका छन् ।

मगरसहित २४ मंसिरमै महेश काफ्ले भोजराज काफ्ले, राजा राजेन्द्र अभिनास दवाडीलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए । २५ मंसिरसम्म सञ्चालन हुने महोत्सव १४ मंसिरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी