नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउने मकवानपुरलगायत ४ सय ६२ सबै योग्य स्थानीय तहहरु छनौट गरेको छ । मकवानपुरमा थाहा नगरपालिका बाहेक सबै स्थानीय तह छनौट भएको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले कार्यविधि अनुसार देशभरका ४६२ स्थानीय तहहरु छनौंट हुँदा थाहा नगरपालिका परेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविध बमोजिम मूल्यांकन गरेको, गत आथिक वर्षमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा भाग लिइ तोकिएको समयमा स्वमूल्यांकन गरेका  स्थानीय तहलाई शसर्त अनुदान पाउन योग्यका रुपमा सुचीकरण गरेको जनाएको छ ।

नवप्रवर्तन ससर्त अनुदान पाउने मकवानपुरका स्थानीय तहहरु

त्यसैगरी गत आर्थिक वर्षमा तोकिएको समयमै बजेट ल्याएका र पछिल्लो आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार लेखा परीक्षण प्रतिवेदनमा गम्भिर किसमको अनियमितता नदेखिएको स्थानीय तहले मात्र नवप्रवर्तनमा आधारित कार्यक्रम संचालनका लागि शसर्त अनुदानको रकम पाउने भएका हुन् । विभिन्न १४ वटा मूल्याङ्कनका सूचकमा आधारित भई स्थानीय तह छनौंट गरिएको मन्त्रालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी