रोटरी क्लब अफ काठमाडौ वेस्ट र रोटरी स्याटेलाइट क्लब अफ काठमाडौ वेस्ट टिस्टुङको आयोजनामा थाहा नगरपालिका वडा नं ६ टिस्टुङ बज्रवाराहीका जेष्ठ नागरिकहरूलाई सिरक वितरण गरिएको छ।

रोटरियन स्याटेलाइट प्रेसिडेन्ट बिक्रम जोशी, पास्ट प्रेसिडेन्ट राजेन्द्र भक्त श्रेष्ठ,रोटरियनहरु सुरेन्द्र राज जोशी, प्रमोद कृष्ण जोशी, हरिगोपाल श्रेष्ठ, महेश्वर महर्जन, कल्पना रुम्बा ठकुरी र रोटरी क्लब अफ काठमाडौं वेष्टको सहयोगमा सिरक वितरण गरिएको थियो।

एकल महिला, अपाङ्गता भएका र दलित जातीको लागि पनि माग भएकोले यसबारेमा पनि तत्काल के गर्ने भन्ने बारेमा रोटरियनहरुको छलफल गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता पास्ट प्रेसिडेन्ट राजेन्द्र भक्त श्रेष्ठले बताए ।

पालिका प्रेस
थप जानकारी