थाहानगर स्थित पालुङ बहुमुखी क्याम्पसकी छात्रा स्मारिका ढकाल मकवानपुर जिल्लास्तरीय अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छिन् । संविधान दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको प्रतियोगितामा स्कारिका प्रथम भएकी हुन् । उनी व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत छिन् ।
प्रतियोगितमा मकवानपुर बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययनरत जमुना थिङ दोस्रो र वंशगोपाल माध्यामिक विद्यालय हेटौंडा–६ चौघडाकी प्रकृती पौडेल तृतीय भएकाछन् । वंशगोपालकै सन्तोष पुडासैनी सान्त्वना भए ।
संविधान कार्यान्वयनका नौ वर्ष उपलब्धि र चूनौती विषयमा शिक्षा विकास निर्देशनालय, हेटौंडा ८ को हलमा आयोजित निबन्ध लेखन प्रतियोगितामा ४ जनाले मात्रै सहभागीता जनाएको निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिए । प्रतियोगितामा सहभागिताको लागि प्रदेश राजधानी रहेको मकवानपुर जिल्लाका सबै क्याम्पसलाई भदौ २४ गते नै आव्हान गरितापनि ३ वटा क्याम्पसका ४ जना विद्यार्थीले मात्रै सहभागिता जनाएको उनले बताए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश दश हजार, आठ हजार, पाँच हजार र तीन हजारसहित प्रमाण पत्र पुरस्कार पाएकाछन् ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्