पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा ३ असोजमा संविधान दिवसको शुभकामना आर्दान प्रदान तथा खाद्यन्न बिक्रि वितरण समु्द्घाटन कार्यक्रम भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको सहकारी संस्थाले कार्यक्रम गरेको हो ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्र थाहाका सचिव लक्ष्मण विष्ट, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम कार्की, सानोभाइ कार्की, रीता कार्कीलगायतकाको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । जिल्लामै बढि करोबार गर्ने सहकारीको रुपमा स्थापित भएको उक्त सहकारीले लघुवित्तका कार्यक्रमका साथै, रासायनिक मल, कृषि नर्सरी लगायतको कार्य गर्दै आएको छ । संस्थाको बज्रवाराही तथा हेटौंडामा सम्पर्क कार्यालय समेत राखी कारोबार गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी