नेकपा एमाले निकट राष्ट्रिय युव संघ नेपाल थाहानगर अधिवेशन आयोजक कमिटीले दीप प्रज्वलन गरि संविधान दिवस मनाएको छ । ३ असोजमा संघले थाहा नगरस्थित बुद्व चोकमा दीप प्रज्वलन गरेको हो ।

संघको नगर अधिवेशन आयोजक कमिटीका संयोजक देवेन्द्र थोकरको सभाध्यक्षतामा भएको दीप प्रज्वलनमा प्रमुख अतिथि नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले संविधानको रक्षाका लागि युवा संघ अग्रपंक्तिमा उभिन आग्रह गरे ।

कार्यक्रममा एमाले नगर सचिव सुजन कुमार रायमाझी, ५ नम्बर वडाध्यक्ष विष्णुबहादुर गुरुङ, नगर सदस्यहरु विक्रम श्रेष्ठ, सानुकान्छा थिङ, सुजन गोले, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष अशोक खाती, ३ नम्बर वडा कमिटी अध्यक्ष नवराज बर्तौला, राष्ट्रिय युवा संघ नेपाल जिल्ला प्रचार विभाग प्रमुख रमण श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु सुबिन्द्रमान प्रधान, रुपा विष्ट, सुद्वार्थ गौतम गोलेलगायतको आतिथ्यता थियो ।

पालिका प्रेस
थप जानकारी