संविधान दिवसको अवसरमा ३ असोजमा थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयकाको आयोजनामा जनकल्याण स्काउट टु«पको आयोजनामा एकदिने हाइकिङ भएको छ । हाइकिङ जनकल्यणबाट शुरु भई पाण्डुकेश्वर मन्दिर सरसफाइ गरी पालुङगढीसम्म पुगेको थियो ।

कार्यक्रममा ९३ जना स्काउटर विद्यार्थी, ४ स्काउट शिक्षक, ४ छिमेकी र सम्बन्धित विद्यालयका शिक्षक सहभागी भएका थिए । सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले नाचगान समेत गरेका थिए । हाइकिङ स्काउट शिक्षक मिना महर्जन, भुमिराज अवश्थी, सुमित्रा केसी, मनोज लामिछानेको कमाण्डमा भएको थियो ।

हाईक कार्यक्रमको समापनलाई सम्बोधन गर्दै स्थानिय स्काउट थाहा नगरपालिकाका प्रमुख आयुक्त गणेशमान श्रेष्ठले स्काउटरहरु आज्ञाकारी, जिम्मेवारी, कर्तव्यनिष्ठ र समाजसेवी स्वयमसेवी हुने उल्लेख गरे । आफुलाई स्काउट हुनुमा गर्व गर्ने भएको हुँदा जस्तोसुकै परिआएको जिम्मेवारी बहन गर्न कर्तव्यनिष्ठ हुने भएकोले राष्ट्रप्रेमी र निःस्वार्थ नागरिक उत्पादन केबल स्काउटले मात्र गर्ने उल्लेख गरे । हाल थाहा नगरमा स्काउटका विभिन्न गतिविधिहरुको बारेमा बताउँदै कार्यक्रम आयोजक टिमलाई धन्यवाद दिँदै प्रमुख आयुक्त श्रेष्ठले कार्यक्रमको समापन गरेका थिए । उनले स्थानीय स्काउट परिवारलाई धन्यवाद समेत दिएका थियो ।

पालिका प्रेस
थप जानकारी