नेपाली सेना र अमेरिकी सेनाबीच भदौ ३० गतेदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ सकिएको छ। काठमाडौँ, मकवानपुर र धादिङ जिल्लामा सोसम्बन्धी विभिन्न अभ्यासहरू सञ्चालन भएका थिए।
नेपाली सेनाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास गरिएको हो। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान भएको नेपाली सेनाले जनाएको छ।
सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्