रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिरामीको संख्या ६२ पुगेको छ ।

३ असोजदेखि देखापरेको झाडापाखाला हैजाको लक्षण देखिएका ६२ भन्दा बढी बिरामीहरु प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन आएको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्सिद आलमले बताए ।

असोज ४ मा उपचार गराउन आएका १६ बिरामीमध्ये १२ जनामा हैजाको जीवाणु फेला परेको उनले बताए । ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परिक्षणका लागी पठाइएको नमुनामा हैजाको जीवाणु फेला परेको हो’, स्वास्थ्य शाखाका प्रमुख आलमले भने, ‘हैजा कुन माध्यमबाट फैलिएको हो भन्ने पुष्टी भएको छैन ।’

खानेपानीका माध्यमबाट हैजा फैलिएको आशंका भए पनि सो को पुष्टी हुन नसकेको र पानीमा हैजाको जीवाणु परीक्षणको लागि पठाए पनि अहिलेसम्म सो को नतिजा नआएको आलमले बताए ।

पालिका प्रेस
थप जानकारी