मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले विद्यार्थीहरुलाई झोला, कपी, पेन्सील, ज्यामिति बक्ससहित दुई लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पाण्डाले जानकारी दिए । एसबीआई बैंकका प्रबन्धक सिइओ दिपक कुमार डे को प्रमुख आतिथ्यता भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत पाण्डा, प्रमुख संचालक अधिकृत यादवेन्द्र कान्त, प्रमुख जोखिम व्यवस्थापन अधिकृत बिष्णु देव यादव, विद्यालयका प्रधानाध्यापक लड्डुलाल मण्डललगायत शिक्षक,विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पधाधिकारीहरुको उपस्थिति रहेको थियो।

शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्न बैंकले गरेको सहयोगप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोद लामाले धन्यावद दिए । अध्यक्ष लामाले यस किसिमको सहयोगले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग मिल्ने बताए । सो अवसरमा प्रमुख अतिथी समेत रहेका बैंकका प्रवन्धक दिपक कुमार डे ले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको थियो ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्