थाहा नगरपालिका क्षेत्रमा अटो चलाउँदै हुनुहुन्छ ? यदि चलाउँदै हुनुहुन्छ भने याद गर्नुहोस्, तपाइले थाहा नगरपालिकामा अटो सूचीकृत हुनुपर्नेछ । पालिकाले पहिलो पटक २३ साउनमा अटो सूचीकृत हुन जारी गरेको सूचनाको अटेर गरेपछि अहिले नगर प्रहरी परिचालन गरिएको छ ।
थाहानगरमा सञ्चालनका लागि रुट परमिट पाएका अटोहरु अनिवार्य रुपमा नगरपालिकामा सूचीकृत हुनुपर्ने पालिकाको नियम छ । नगरपालिकामा सूचीकृत नभएका अटोहरु विरुद्ध नगर प्रहरीले गस्ती थालेको छ । गस्तीका क्रममा सूचीकृत नभएका अटो फेला पारे नगर प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिने गरेको छ । नगर प्रहरीले अटो सूचीकृतका लागि प्रचार प्रसार गर्दा समेत उनीहरु सुचीकृतका लागि नआएको प्रहरी प्रमुख किरण गिरीले जानकारी दिए ।
थाहा नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको अवधिमा करिब ३ दर्जन जतिमात्र अटो सूचीकृत भएका छन् । थाहानगरमा १ सय २० भन्दा बढि अटो संचालनमा रहेको अनुमान छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्