अफिम कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई अभियुक्तलाई जनही १५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती दुई अभियुक्तलाई जनही ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको २१ कार्तिकमा बसेको इजलासले थाहा नगरपालिका वडा नम्बर ८ काभ्रेका ५४ वर्षीय तेजबहादुर थिङ र थाहा नगरपालिका वडा नम्बर ११ टिस्टुङका ४३ वर्षीय शरण थिङलाई अफिम कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
थिङद्वयलाई प्रहरीले २०८० चैत १० गते हेटौंडा उपमहानगरपालिका–१० दिलखुश खाँजा घरबाट २ किलो अफिमसहित पक्राउ गरेको थियो । अदालतले दोषी ठहर गरेका दुवै जना सात महिनादेखि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा थिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्