नक्कली नागरिकता जारी गरेको अभियोगमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा (नासु) उमेश कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, मृतक नेपाली व्यक्तिको नाममा भारतीय मुस्लिम नागरिकको फोटो टाँसी वंशजका आधारमा नागरिकता जारी गरेको आरोपमा नासु पासवानलाई पक्राउ गरिएको हो।
यसअघि, नागरिकता लिने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको अवस्थामा नासु पासवानमाथि थप अनुसन्धान भइरहेको थियो। कार्यरत अवस्थामा उनले पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावना रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रशासन स्रोतले जनाएको छ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्