शहिद लखन गाउँपालिकाले आफ्नो लागो सार्वजानिक गरेको छ । दशौं हिउँदे सभाका अवसरमा २८ माघमा पालिकाले लोगो सार्वजानिक गरेको हो । लोगो शहिद लखन गाउँपालिका ७ काउले भंगारका राजकुमार आलेले डिजाइन गरेको बताइएको छ ।

त्यस्तै लोगो डिजाइन गरेका आलेलाई शहिद लखन गाउँपालिकाले नगद ५० हजारसहित सम्मान गर्ने निर्णय गरेको पालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।

उनलाई आगामी फागुन २ गतेका दिन शहिद लखन थापा स्मृती दिवशका अवसरमा नगद सहित सम्मानको कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । लाेगाेमा प्रथम शहिद लखन थापासहित मनकामना मन्दिर, केबलकार तथा बिभिन्न धर्म संस्कृती र भुगाेल तथा स्थानीय उत्पादनकाे चिनारी समावेश गरिएकाे उनले बताए ।

पालिका प्रेस
थप जानकारी