बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।

दिवस मनाउनका लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा ४२ सदस्य ‘प्रजातन्त्र दिवस २०७८ प्रदेश स्तरीय मूल समारोह समिति’ गठन गरिएको छ । ३ फागुनमा समितिका अध्यक्ष तथा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेश भर तीनदिन सम्म दिवस मनाउने निर्णय गरेको समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । दिवसलाई भव्य रुपमा मनाउनका लागि फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गर्न आह्‍वान गरेको छ ।

बैठकले दिवसको अवसरमा मन्त्रालय, कार्यालय र सार्वजानिक स्थानको सरसफाइसहित नगर क्षेत्रको सरसफाई व्यवस्थापनको कार्यका लागि हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी