निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहानगरले संयुक्त रूपमा शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै २९ साउनमा थाहा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
प्याब्सन थाहाका पदाअधिकारीहरुकोे टोलीले थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान तथा शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ललाई ज्ञापनपत्र बुझाएको हो । प्याब्सन केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभरका पालिकामा ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत थाहा नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएको हो । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक २०८० मा समावेश केही धाराहरूमा संगठनको आपत्ति रहेको प्याम्बसन थाहाका संगम कार्कीले बताए।

ज्ञापनपत्रमा निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउनुपर्ने भनाइ हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली संशोधन गर्न, हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन तथा छात्रवृत्तिमा भर्ना, वार्षिक र मासिक शुल्क मात्र समावेश गर्नुपर्ने माग राखिएको छ। साउन २२ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित उक्त विधेयकमा समावेश सो प्रावधानलाई प्याब्सनले अव्यावहारिक, लगानी प्रतिकूल र पूर्वाग्रही भएको आरोप लगाउँदै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ।
प्याब्सन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र शिक्षा विकास तथा समन्वय इकाइमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्