निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । निर्देशिका अनुसार पालिकास्तरमा कार्यरत कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप ३ दल दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएको दलको संख्या १०६ पुगेको छ । ५ फागुनमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी दिए ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय तोकिएको छ ।

पालिका प्रेस
थप जानकारी