नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले मकवानपुर थाहा नगरपालिकाका चारजनालाई प्रदेशस्तरीय विभिन्न पदमा जिम्मेवारी दिएको छ ।

प्रदेश कमिटिले माओवादी नेता लवशेर विष्टलाई प्रदेश कमिटिको सचिवालय सदस्यको जिम्मेवारी दिएको छ । विष्ट थाहा नगरपालिकाको प्रथम नगर प्रमुख समेत हुन् ।

त्यस्तै अरुण रायमाझीलाई प्रदेश कमिटि सदस्य तथा राजेश केसीलाई प्रदेश सल्लाहकार सदस्यको जिम्मेवारी दिइएको छ । रायमाझी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) थाहानगरका पूर्व अध्यक्ष हुन् भने केसी थाहा नगरपालिका वडा नम्बर ३ का पूर्व वडाध्यक्ष समेत हुन् ।

प्रदेश कमिटिले दिएको जिम्मेवारी अनुसार बिनोद कुमार लामालाई बागमती प्रदेश परिषद सदस्य भएकाछन् । लामा नेकपा (माओवादी केन्द्र) थाहानगरको हालका अध्यक्ष हुन् ।

यसैबीच थाहाका विभिन्न माओवादी नेताहरुले बागमती प्रदेश कमिटिमा विभिन्न जिम्मेवारी पाएको जानकारी गराउँदै नगर कमिटिले जिम्मेवारी पाएकाहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

पालिका प्रेस
थप जानकारी