कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ ।
‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएको बेला नयाँ पार्टी दर्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) विवाद चुलिएको बेला प्रमुख पार्टीहरूले बैठक बोलाएर यसबारे पार्टीको धारणा तय गरिरहेका छन् । जसपामा भने अध्यक्ष यादवले बैठक बोलाएका छैनन् । पार्टीमा डा भट्टराई पक्षधर नेताहरू एमसीसीको पक्षमा खुलेका छन् भने अध्यक्ष यादव पक्षीय नेताहरू मौन बसेका छन् ।
जसपामा कार्यकारी अधिकार बाँडफाँटको विषयमा विवाद भइरहेको बेला एमसीसीको मुद्दाले विवाद थप चुलिने देखिएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्