हेटौँडा–१, घ्याङसिनटारस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। १८ पुसमा लायन्स क्लब हेटौँडा स्मारकले विद्यालय परिसरमै पुगेर विद्यार्थीहरूलाई ज्याकेट हस्तान्तरण गरेको हो।
क्लबका अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ का दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर (भिडिजी) अंकिता सुमार्गी प्रमुख अतिथिमा कपडा वितरण गरिएको हो । कमल अधिकारीको संयोजनमा कार्यक्रम भएको हो । सोहि कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ का दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर (भिडिजी) मा निर्वाचित हुनु भएकी सुमार्गीलाई क्लबले सम्मान गरेको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपाने, क्लबका चार्टरड अध्यक्ष कैलाश ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानलगायतको उपस्थिति रहेको थियो। लायन्स क्लब हेटौँडा स्मारकका पूर्व अध्यक्ष सन्तोष पराजुली जेसीआई हेटौँडाको गरिमामय अध्यक्ष पदमा निर्वाचित भएको उपलक्ष्यमा क्लबले आज पराजुलीलाई सम्मान गरेको छ ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्