बागमती प्रदेशमा सन् २०२१ मा मावनअधिकार उल्लङ्घन र ज्यादतीका ८ सय ९० घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिवार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ ले एक वर्ष अवधिमा बागमती प्रदेशमा मावनअधिकार उल्लङ्घनका ती घटना घटेको अभिलेख छ । जुन अघिल्लो वर्षभन्दा ८१ जनाले बढि हो ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२१ मा वागमती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए । यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला र ४८ जना पुरुषसहित जम्मा ८ सय ९० जना पीडित भएको अभिलेख रहेको छ ।

यस वर्ष राज्यपक्षबाट हिरासतमा रहेका एक जना पुरुषको मृत्यु भएको छ, भने कारागारमा ५७ जनाको मृत्यु भयो जसमध्ये पाँच जना बन्दीको कोभिड( १९ सङ्क्रमणबाट मृत्यु भएको हो । साथै गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी २ सय १५ जना पीडित भए ।

यसैगरीसन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट २ सय ३८ जना र अन्यपक्षबाट ८ सय ५४ जना पीडित भएका थिए ।

महिलाविरुद्ध हुने सबै प्रकारका दुर्व्यवहार घटनामा सन् २०२१ मा यस प्रदेशमा ३ सय ८९ जना पीडित भएका छन् । जसमा बेचविखनका प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा ५ जना, बलात्कारका घटनामा १ सय ८७ जना, बलात्कार प्रयासका घटनामा ३३२ जना, यौन दुर्व्यवहारको घटनामा २६ जना र बेचविखनका घटनामा ५ जना महिला पीडित भएका छन् ।

शनिबार हेटौंडामा आयोजना गरिएको नेपाल मावन अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण तथा मावन अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटन उच्च अदालत हेटौंडाकी न्यायाधीश मेरिना श्रेष्ठले कार्यक्रममा मानव अधिकारको संरक्षण प्रवद्र्धनका लागि थालिएको कार्यहरु नियमित हुनुपर्ने बताइन् । उनले मानव अधिकार उल्लङ्घनका घटना बढ्नु दुखद रहेको बताइन् भने यसलाई कम गर्न सबै पक्ष सजग हुन पर्ने बताइन् ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले चेतनाअभाव र भएका कानूनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा हिंसाका घटनाहरु कमी नआएको र हिंसाका विभिन्न स्वरुपहरु सार्वजनिक भएको बताए ।

मकवानपुरमा ७८ वटा घटना अभिलेख

सन् २०२१ मा मकवानपुरमा मावनअधिकार उल्लङ्घन र ज्यादतीका ७८ वटा घटना अभिलेख भएका छन् । सन् २०१९ मा ५० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना यस जिल्लामा अभिलेख भएकोमा सन् २०२० मा ६२ वटा घट्ना अभिलेख भएका थिए । यसले तथ्याङ्कले जनचेतनाले गर्दा पीडित न्यायको पहुँचमा आउने गरेको मात्र नभई फितलो कानुन र कार्यन्वयनका कारण पनि अपराधिक गतिबढ्दै गएको देखिन्छ ।

सन् २०२१ मा मकवानपुरमा ७३ जना महिला र ५ जना पुरुष पीडित भए । बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमा २८ जना बलात्कार, पाँच जना यौन दुव्र्यवहार र एक जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् ।

यसैगरी महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, पाँच जना बलात्कार प्रयास, एक जना यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ६ जना महिला र ४ पुरुष छन्, भने एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ ।

यस वर्ष परिवारजनबाट सात जना बालिका सहित १३ ओटा बलात्कारको घटना र पाँच जना हत्याको घटना इन्सेकमा अभिलेख भयो भने तीन ओटा घटना बौद्धिक अपाङ्गता भएका व्यक्ति पीडित भएका छन् ।

इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६३ जना पीडित भएका थिए । जसमा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

गतवर्षको तथ्याङ्कसँग यस वर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको देखिन्छ

पालिका प्रेस
थप जानकारी